काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा वर्षा भइरहेको छ भने कोशी प्रदेशका केही भागमा वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ। सातै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति भने देशभर साधारणतया बदली रहनेछ। वर्षाको कारणले धेरै धनजनको क्षती भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।