धनकुटा। प्रभु बैंकले दुई ठाउँमा नयाँ शाखा स्थापना गरेको छ। बैंकले धनकुटा र तेह्रथुममा नयाँ शाखा स्थापना गरेको हो।
धनकुटा नगरपालिका ७ हुलाक टोलमा बैंकको ३०९औं र तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित ३०८ औं शाखा स्थापना गरिएको हो।
बैंकका अनुसार शाखा आइतबारदेखि सञ्चालनमा आएको हो। शाखा सञ्चालनमा आएसँगै स्थानीय देखी लिएर सबैले गुणस्तरीय सेवा उपभोग गर्न पाउने बैंकले बिश्वास गरेको छ।