काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले ५२ वटा आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ। कार्यालयले सम्झौता भइ समयमा सम्पन्न नभएका ५२ वटा सडक तथा पुलका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्ने सम्बन्धमा स्पष्टिकरण सोधेको हो।
पटक पटक लिखित तथा मौखिक रुपमा निर्माण कार्य गर्न ताकेता गर्दा समेत काम गर्नका लागि अग्रसर नभएको भन्दै कार्यालयले १५ दिन भित्र काम गर्न नसक्नुको कारण खुलाई स्पष्टिकरण दिन सूचना जारी गरेको हो। तोकिएको समयभित्र उचित कारणसहित स्पष्टिकरण दिन नआए अथवा स्पष्टिकरण चित्त बुझ्दो नभएमा समेत कार्यालयले ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ।
सूचना
