काठमाडौं। अपर अरुण जलविद्युत् आयोजना आदिवासी जनजाति सल्लाहकार परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्षा तीन बुँदे माग राखेको छ। शनिबार परिषद्का अध्यक्ष लादर भोटेलगायतको टोलले प्रधानमन्त्री ओलीलाई आयोजना अघि बढाउन तीन बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो।
आयोजना सङ्खुवासभा, भोटखोलावासीको भविष्यसँग जोडिएकाले आयोजनालाई शीघ्र निर्माणमा लैजान र स्थानीयवासीको माग अधिकतम सम्बोधन गर्न भनिएको छ।
परिषद्ले प्रधानमन्त्रीलाई आयोजनाको निर्माण नेपाल सरकारले नै गर्नु उपयुक्त हुने सुझाव समेत दिएको छ।
प्रभावित समुदायको पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा क्षमता विकासमा ध्यान दिन र सहज कार्यान्वयनका लागि आफूहरूको उत्तिकै साथ एवं सहयोग रहने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।