महोत्तरी। जिल्लाको बर्दिवास–६ स्थित रातुखोला किनारमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर १३ वर्षिय रिदम विश्वकर्माको मृत्यु भएको हो।
शनिबार बिहान पौडी खेल्न भनी घरबाट निस्किएका बालक घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले आइतबार दिउँसो १ बजे मृत अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।