बाँके। जिल्लाको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा हाइटेक नर्सरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले ३० लाख ३४ हजारको लागतमा हाइटेक नर्सरी निमार्ण गरेको हो।
यसअघि डेढ बिगाहा सरकारी जग्गामा मुक्त कम्लहरीको बस्ती थियो। उक्त जग्गालाई यही आर्थिक वर्षमा प्रदेश सरकारका तर्फबाट पूर्व सामाजिक विकासमन्त्री नमुना केसी, सोही वडाका वडाध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेता र प्रहरी प्रशासनको रोहवरमा फुकुवा गरेको थियो। उक्त जग्गामा नर्सरी निर्माण गरि सञ्चालनमा ल्याइएको वन कार्यालयले जनाएको छ।