काठमाडौं। आज बिहानैबाट देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। र्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका केही र बाँकी प्रदेशका एकदुई भागमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशभर साधारणतया बदली रहने छ। वर्षाको समय भएका कारण देशभर बाढी पहिरोले धेरै नै धनजनको क्षती भइरहेको छ। जसको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।