बागलुङ। बागलुङ जिल्लामा प्रभु बैंक नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैँकले एकैदिन चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
साउन १४ गते बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७, बोवाङ, निसीखोला गाउपालिका–५, निसी, वडिगाड गाउँपालिका–२, खर्बाङ र वडिगाड गाउँपालिका–७, भिमगिठेमा ४ वटा शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
शाखा सञ्चालनमा आएसँगै स्थानीय देखी लिएर सबैले गुणस्तरीय सेवा उपभोग गर्न पाउने बैंकले बिश्वास गरेको छ।