बारा। हुलास स्टिल प्रालिले तयार गरेको नयाँ प्लान्ट उद्घाटन गरिएको छ। एक अर्बभन्दा बढीको लगानीमा वीरगञ्ज महानगर–३१, बेलुवामा तयार गरिएको प्लान्टको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।
अबको केही दिनदेखि नै नियमित सञ्चालनमा आउने उद्योगले विद्युतीकरणका लागि आवश्यक पोल, ६६ केभी, १३२ केभी, २२० केभी प्रसारण लाइनका लागि आवश्यक टावर र ग्याल्भनाइज (फलाममा खिया लाग्न नदिने आल्मुनियम र जिन्कको एक प्रकारको झोल) उत्पादन सुरु गर्ने बताइएको छ।
हुलास स्टिलले सुरु गरेको नयाँ प्लान्टको नाम हुलास युनिट २ राखिएको छ । यो प्लान्ट नेपालमै पहिलो भएको उद्योगले जनाएको छ।