काठमाडौं। आज ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो।
देशका विभिन्न स्थानमा राति नै देखि वर्षा भइरहेको छ। दिउँसो पनि सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर साधरणतया बदली रहने छ। अविरल वर्षा भइरहेको कारण देशका विभिन्न भागमा धेरै नै धनजनको क्षती भइरहेको छ। त्यसैले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।