सुर्खेत। कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण कार्यमा ढिलासुस्ती भएको छ। एक वर्षमा सक्नुपर्ने गरी सम्झौता भएको भवन निर्माणको काम तीन वर्षसम्म पनि पूरा हुन नसकेको हो।
२०७८ साल असोज २४ गते २०७९ चैतमा निर्माण सम्पन्न गर्नेगरी जगदम्बा शिवालय सुपर स्ट्रार निर्माण कम्पनीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो।
सम्झौता अनुसारको समयमा काम नसकिएपछि अहिले पुनः म्याद थप गरिएको छ । २०८० साल कात्तिक १ गतेदेखि २०८१ चैतसम्म म्याद थपिएको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ।