काठमाडौं। रौतहटको कटहरिया नगरपालिकामा १५ बेडको अस्पताल भवन निर्माण सुरु भएको छ। नगर प्रमुख सियाराम कुश्वाहाले बुधबार हिन्दु परम्परा अनुसार विधिवतरुपमा ब्राह्मणद्वारा मन्त्रोचारण पश्चात् जग हालेसँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो।
संघीय सरकारको १९.७५ करोड रुपैयाँ लगानीमा भवन निर्माणका लागि कटहरिया नगरपालिकाले आह्वान गरेको टेण्डर घटाघट प्रक्रियामार्फत महालक्ष्मी धनन्जय चौधरी जेभीले ११ करोडमा सकार गरेको थियो। कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको हाताभित्र १५ शय्याको आधारभूत स्वास्थ केन्द्रको भवन निर्माण २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
अस्पताल नहुँदा लामो समय लगाएर टाढा उपचार गर्न जानुपर्ने समस्यामा परेका यस ठाउँका स्थानीय अस्पताल निर्माण हुने भएपछि उत्साहित भएका छन्। भवनको निर्माण पछि उपचारको लागी टाढा जान नपर्ने र आर्थिक रुपमा पनि सहज हुने कुराले उनिहरु अझ खुसि भएका हुन्।