काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज तोलामा १८ सय रुपैयाँले सुनको मुल्य बढेको हो।
१८ सयले सुनको मुल्य बढेर आज प्रति तोला १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य पनि आज तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख ४७ हजार ३ सय रुपैयाँ पुगको बताइएको छ।
यसैगरी चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ७ सय ८० रुपैयाँ पुगेको महासङ्घले बताएको छ।