काठमाडौं। आज बिहानै देखी देशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही भागमा वर्षा भइरहेको जनाएको हो।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार राति कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ।
वर्षाको कारण देशका विभिन्न भागमा धेरै नै धनजनको क्षती भएका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।