काठमाडौं। पर्साको जिरा भवानी गाउँपालिकामा डीडीबी सौर्य विद्युत् आयोजना निर्माण गरिने भएको छ। जिरा भवानी–२ मा २.७ हेक्टर जग्गामा सोलार फोटोभोल्टिक प्यानलहरू जडान गरी २.३ मेगावाटको डीडीबी सौर्य विद्युत् उत्पादन गर्ने तयारी थालिएको हो।
यसका लागि प्रवर्द्धक कम्पनी तराई इनर्जी प्रालिले आवश्यक अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ। आयोजनाले उल्लेखनीय वातावरणीय प्रभाव पार्ने भए त्यसबारे लिखित राय, सुझाव वा प्रतिक्रिया पेश गर्न आह्वान गर्दै बुधबार ३५ दिने सूचना जारी गरेको छ ।
आयोजनाबाट २९५ किलोवाट क्षमताका ७ वटा र २३५ किलोवाटको एउटा इन्भर्टरमार्फत बिजुली उत्पादन गर्ने र सो विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको सेढवा सवस्टेशनमा जोड्ने लक्ष्य राखिएको छ।