काठमाडौं। आज गण्डकी, कोशी र बागमती प्रदेशका केही भागमा बिहानैदेशी सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
राति ६ प्रदेशमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको समय भएको कारण देशभर धेरै धनजनको क्षती भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।