काठमाडौं। म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा पर्खाल निर्माण गरिएको छ। रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको ५० करोडको लागतमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरिएको हो।
बेनी बजार, गलेश्वर क्षेत्र, सममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्नका लागि पर्खाल निर्माण गरिएको परियोजनाले जनाएको छ। कालीगण्डकी किनारमा १६४ मिटर लामो र ८ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरिएको छ। म्याग्दी नदीको किनारमा दुईवटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको छ। र बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ११० मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको छ।
बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर पर्खाल निर्माणको काम गरिएको बताइएको छ।