काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ मा केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु भएको छ।
मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकारको टप स्टेशनमा रहेको निर्माणाधीन भवनबाट खसेर बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० का २५ वर्षीय गोरख राउत कुर्मीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीबार राति कुर्मी निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेको भएपनि शुक्रबार बिहान मात्र उनलाई त्यहिँ काम गर्ने अन्य कर्मचारीले देखेर प्रहरीलाई खबर गरेका थिए।