काठमाडौं। भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका–६ मा निर्माण भइरहेको फेदी खोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ। फेदी खोला हाइड्रो पावर कम्पनी प्रा।लिले निर्माण गरिरहेको आयोजनामा वाणिज्य बैंकले लगानी गर्न सम्झौता गरेको हो।
बिहीबार राजधानीमा कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच भएको लगानी सम्झौतामा आयोजनाका लागि वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने उल्लेख गरिएको छ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।