काठमाडौं। काठमाडौंको नक्सालमा ‘हिल्टन काठमाडौं’ नामक पाँचतारे होटल सञ्चालनमा आएको छ। ८ अर्ब ३५ करोडको लागतमा शंकर समूहले निर्माण गरेको पाँचतारे होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो।
उक्त पाँचतारे हाेटलकाे गत हप्ताकाे शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
होटल व्यावसायिक तवरमा र छुट्टी मनाउन आउने दुवै किसिमका पर्यटकहरूका लागि उपयुक्त हुने शंकर समूहको दाबी छ। होटलको शुभारम्भसँगै भारतीय उपमहाद्विपमा हिल्टनको पदचिन्ह विस्तार गर्ने प्रतिबद्धतालाई बल मिलेको बताइएको छ।
सुरुमा ७ अर्ब २७ करोडको लगानीमा निर्माण गर्ने गरी सन् २०१६ बाट होटलको निर्माण थालिएको थियो। कोभिड–१९ का कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको शंकरले जनाएको छ।