काठमाण्डौं। आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही भागहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
वर्षाको समय भएकोले देशभरका विभिन्न क्षेत्रमा धेरै धनजनको क्षती भइरहेको छ। जसको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।