काठमाडौं। प्रभु बैंकले दुर्गापुरमा शाखा विस्तार गरेको छ। बैंकले झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा आफ्नो शाखा विस्तार गरी कारोबार सुरु गरेको हो।
बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखा उद्घाटन गरेका हुन्।
दुर्गापुर शाखाबाट सेवाग्राहीले सहज रुपमा बैंकिङ सुविधा लिन सक्नेमा बैकले विश्वास गरेको छ।
शाखा विस्तार भएर कारोबार सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीय पनि खशी भएका छन्।