काठमाडौं। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भागहरुमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेने महाशाखाले बताएको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।बाकी सबै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।
राति देशभर साधारणतया बदली रहनेछ। वर्षाको समय भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।