काठमाडौं। ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको क्षमता बढाइने भएको छ। नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १५ औं बैठकमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको क्षमता बढाएर १ हजार मेगावाट पुर्याउने सहमति भएको हो।
इनरुवा ढल्केबर ४०० केभीमा प्रसारण लाइन सञ्चालनमा आएको, यही लाइनमार्फत भारतको सतलज जलविद्युत निगमको नेपाली कम्पनीले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रोको बिजुली भारत लैजान सतलजले ४०० केभीको ट्रान्सफर्मर पनि ढल्केबरमा राखिसकेकोले लाइनको क्षमता बढाउन नेपालबाट भएको आग्रहमा भारत पनि सहमत भएको बताइएको छ।
हेटौंडा–ढल्केबर १३४ किलोमिटर ४०० केभी प्रसारण लाइनसहित नेपालतर्फ महिने प भोल्टेज प्रसारण पूर्वाधार बन्ने क्रममा रहेकोले पनि यो सहमति सम्भव भएको हो।
यसअघि जेटीटीको १४ औं बैठकले उक्त लाइनको क्षमता ६ सयबाट बढाएर ८ सय मेगावाट पुऱ्याएको थियो।