काठमाडौं। आज चार प्रदेशमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाखाशाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा हुने भएको हो।
सबै प्रदेशका धेरै भागमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने मौसम पूर्वानुमान महाखाशाले जनाएको छ।
राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
वर्षाको कारण देशभर ठुलो धनजनको क्षती भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।