काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रूपमा अघि बढेको बताएका छन्। सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले सडक, विद्युत, अस्पताललगायतका पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रूपमा अघि बढेको बताएका हुन्।
उनले गएको दशक ७० देखि ८० सम्मको बिचको दशक राजनीतिक परिवर्तनको मात्र नभएर आर्थिक विकास उन्नतिको दशक भएको दाबी समेत गरे।
प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भए पनि देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्रवेश गरेको बताए।
प्रधानमन्त्री ओलीले नेपालमा योजनाबद्ध विकासको थालनी राजा महेन्द्रले गरे पनि त्यसले निरन्तरता पाउन नसकेको र २०४६ सालपछि पनि निजीकरणको कारण विकास, निर्माणको कामले गति लिएको दाबी गरे।