काठमाडौं। आज सातै प्रदेशका केही भागमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको हो।
जल तथा मौसम पूर्व अनुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा हल्का मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ।
अजा राती देशभर आंशिक देखी साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
वर्षाको कारण देशभर ठुलो धनजनको क्षती भइरहेको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।