काठमाडौं। सानिमा माई हाइड्रोपावर लिमिटेडको सञ्चालकमा बलराम पराजुलीलाई नियुक्त गरिएको छ। उन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पराजुलीलाई नियुक्त गरेको हो।
कम्पनीका सञ्चालक तुकप्रसाद पौडेलले राजिनामा दिएपछि उक्त रिक्त पदमा पराजुलीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।
कम्पनीले ७ मेगावाटको माई क्यासकेड र २२ मेगावाटको साई खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।