काठमाडौं। बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। बुधबार दिउँसो हेलिकप्टर दुर्घटनापछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेका छन् भने एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन्।
समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ।