काठमाडौं। आज कोशी प्रदेश र बागमती प्रदेशका केही भागहरू तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राती देशभर साधारणतया बदली रहने छ। वर्षाको समय भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।