काठमाडौं। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गर्दै राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत र निर्माणाधीन आयोजनालाई अघि बढाउन निर्देशन दिएका हुन्।
अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजनाहरू अघि बढाउन समेत निर्देशन दिएका छन्।