काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरुको समस्याका बारेमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको ध्यानाकर्षण गराएको छ। बिहीबार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले मन्त्री अधिकारीसँगको भेटमा निर्माण व्यवसायीको समस्याबारे अवगत गराएको हो।
प्रतिनिधिमण्डलले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा उत्पन्न समस्याका बारेमा समेत मन्त्रीको ध्यानाकर्षण गराएको छ। साथै महासंघले ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथि हुने निर्मम कारबाही अन्त्यका लागि केही नेपाल ऐन संशोधनमा आवश्यक व्यवस्था गर्न समेत मन्त्री अधिकारीको ध्यानाकर्षण गराएको छ।
जवाफमा मन्त्री अधिकारीले निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।
भेटमा महासंघ प्रतिनिधिमण्डलले मन्त्रीको सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको छ।