काठमाडौं। मकवानपुरको बागमती नगरपालिका–४ स्थित झुरझुरेमा निर्माणाधीन सहिद स्मृति रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २२ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन रंगशालाको काम हालसम्म ८७ प्रतिशत सम्पन्न पूरा भएको हो।
रंगशालाको बाँकी काम एक महिनाभित्र सकिने निर्माण कम्पनीले जनाएको छ।
३ करोड ९ लाख ५२ हजार लागतमा आयोजनाको निर्माण कार्य मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सञ्जय निर्माण सेवाले गरिरहेको छ। बागमती नगरपालिका र निर्माण कम्पनीबीच गत माघमा रंगशाला निर्माणका लागि ठेक्का सम्झाैता भइ काम अघि बढेकाे थियाे।