रुपन्देही। एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानका लागि सम्झौता भएको छ। अबको दुई हप्ताभित्रै काम सुरु गर्नेगरी रंगशालामा फ्लडलाइट जडानको सम्झौता भएको हो।
रंगशालामा फ्लडलाइट जडानकोको काम आगामी पुस महिनाभित्र सम्पन्न हुने बताइएको छ। सम्झौता अनुसार ३० मिटर उचाइको ५ वटा पोल रहने छ भने एउटा पोलमा १५००० वाट क्षमताको लाइट जडान हुनेछ।
व्यक्तिगत लगानीमा निर्माण भइरहेको यो रंगशालामा २५ हजार दर्शक अटाउने छन्।