काठमाडौं। काभ्रे जिल्लाका विभिन्न स्थानमा रहेका ट्रान्सफर्मर निकालेर त्यसभित्रको तामाको तार चोरी गर्ने १० जना पक्राउ परेका छन्। डेढ महिनाको अवधिमा काभ्रेको भुम्लुदेखि नमोबुद्ध नगरपालिकासम्मका ६ वटा ट्रान्सफर्मर निकालेर त्यसभित्रको तामाको तार चोरी गर्ने गिरोहनै पक्राउ परेको हो।
पक्राउ पर्नेमा दोलखाका २४ वर्षीय प्रेम मिजार, २४ वर्षीय जगन्नाथ बस्नेत, २७ वर्षीय सुनिल ढकाल, २१ वर्षीय प्रविण बस्नेत, ३० वर्षीय दिकुल खत्री, २२ वर्षीय प्रल्लाद बस्नेत, सिन्धुपाल्चोकका २८ वर्षीय कुमार विक, ४२ वर्षीय राजेश विक, २२ वर्षीय सन्तोष विक र काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की रहेको प्रहरीले जनाएको छ।
उनीहरुले चोरीका सामानहरु बा १ व ७८३४ नं को माइक्रो भ्यानमार्फत् भक्तपुरका विभिन्न कबाडी पसलमा लगेर बेच्ने गरेको तथ्य खुलेको र उक्त भ्यान समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।