फाइल तस्बिर
ताप्लेजुङ। ढुङ्गेसाँघु सब–स्टेसनबाट निकास भएको पानी पसेर एउटा घरमा क्षति पुगेको छ। आइतबार मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु तेल्लाबुङकी ६४ वर्षीय भोटेनी लिम्बुनीको घर पानीले भत्काएको हो।
सब–स्टेसनबाट निकास भएको पानी पधेरे खोल्सा हुँदै गएको र घरतिर पसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरमा एक्लै बस्दै आएकी महिला भने भाग्न सफल भएकी छन्।