काठमाडौं। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
राती सामान्य बदली रहेको छ। वर्षाको समय भएका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।