काठमाडौं। नेपाल विद्युत् प्राधिकरण धनुषाधाम वितरण केन्द्रले एक वर्षमा ८८ लाखभन्दा बढी जरिवाना बापतको रकम असुल गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत कारबाही गर्दा जरिवानाबापत ८८ लाख २३ हजार १०२ रुपैयाँ असुल गरेको हो।
उक्त वितरण केन्द्र मधेश प्रदेशमै विद्युत् चुहावट नियन्त्रणमा पहिलो भएको छ। केन्द्रले एक वर्षमा ७२१ विद्युतीय उपकरण नियन्त्रणमा लिएर ८५१ जनालाई कारबाही गरेको हो।
हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको केन्द्रले जनाएको छ। विद्युत चोरी गरिरहेको अवस्थामा चोरीमा संलग्न व्यक्ति र विद्युत् मिटरसहित विद्युतीय सामाग्रीसमेत नियन्त्रणमा लिएको बताइएको छ।