काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाकी प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको बताइएको छ।
आज दिउँसो सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।