काठमाडौं। आज बागमती र सुदूरपश्चिम प्रदेशका केही भागहरुमा तथा बाँकी प्रदेशका थोरै भागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहने महाशाखाले बताएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ। जसको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।