काठमाडौं। दुर्गम जिल्ला हुम्लाको पूर्वाधार विकासलाई जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेता कार्यकर्ताले माग गरेका छन्। हुम्लाको सडक, पुल निर्माणसँगै पर्यटन पूर्वाधार विकासमा जोड दिन प्रधानमन्त्रीसँग माग गरेका हुन्।
जिल्लाको पूर्वाधार विकासका निम्ति ६ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाएका छन्। ६ बुँदे मागमा विशेषगरी सडक पूर्वाधार विकासलाई विशेष जोड दिइएको बताइएको छ।
हिमाली जिल्ला हुम्ला एक विकट जिल्ला हो। जहाँ पूर्ण रुपमा सडक सञ्जालमा जोडिएको छैन भने यातायात सञ्चालनका लागि पक्की पुल समेत बनेको छैन। सोही आधारभुल आवश्यकतालाइ मध्यनजर गर्दै प्रधानमन्त्री समक्ष माग पत्र बुझाएको कार्यकर्ताले बताएका छन्।