काठमाडौं। काठमाडौं महानगरपालिकाले जथाभावी बाटोतिर निर्माण समाग्री थुपार्नेलाई कारबाही गरेको छ। महानगर प्रहरी बलले सार्वजनिक स्थान, बाटो लगायतमा निर्माण समाग्री थुपार्ने दुई जनालाई ५० हजार जरिवाना तिराएको हो।
बाटोमा बालुवा माटो खसालेर फोहर गरेको भन्दै महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना तिराएका छ।
त्यसैगरी यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई पनि महानगरले ५० हजार रुपैयाँ जरिवाना लगाएको छ।