सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्माणाधीन संरचनाको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। बुधबार मन्त्री भण्डारी र निर्माण व्यवसायीबीच भएको छलफलमा उनले कुनै पनि बाहाना नबनाइ निर्माणाधीन सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्।
मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका १४ वटा योजनामध्ये म्याद सकिएका ५ वटा योजनाको म्याद थप गर्न समन्वय गरिदिने गरिदिने समेत मन्त्री भण्डारीले बताए।
निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव वमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपूर रहेको दाबी गर्दै समयमा काम सम्पन्न नहुनुका कारणहरू कार्यालयको कमजोरी हुनु पनि रहेको बताए।