काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको जनाएको छ।
नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६५ र डिजल तथा मट्टितेलको प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ।
निगमले क्रमश पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्ग गरेर पेपेट्रोलीयम पदार्थको मुल्य निर्धारण गरेको छ जुन तलको सुचनामा हेर्न सकिन्छ।
