काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासमा कीर्तिमान राख्ने योजना ल्याउन निर्देशन दिएका छन्।
बिहीबार मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारेको प्रस्तुतीपछि प्रधानमन्त्री ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देशन दिएका हुन्।
उनले अबका तीन महिनामा इतिहासका विगतमा भन्दा बढी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले विकास खर्च शतप्रतिशत गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने समेत बताए।
प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोतसाधनको पूर्ण उपयोगमा ध्यान दिन निर्देशन दिए।