काठमाडौं। सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण, सीमित गर्ने उपकरण र सिसिटिभी जडान गर्न निर्देशन दिइएको छ। बिहीबार गृह मन्त्रालयले यातायात व्यवसायीलाई उक्त निर्देशन दिएको हो।
चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको घटना अध्ययन कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएपछि कार्यदलको सुझाव कार्यान्वयनका लागि गृह मन्त्रालयले यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।
निर्देशनमा यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने, यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यावहारमा उतार्न समेत भनिएको छ।