काठमाडौं। निर्माण व्यवसायीले निर्माण उद्योगको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटी निर्माण उद्योगमा रहेका विविध समस्याहरू बारे अवगत गराएको हो।
प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएको छ।