काठमाडौं। मधेश प्रदेश सरकारले मन्त्रालय र प्रशासनिक भवन राख्ने उपयुक्त स्थान खोजी गर्न थालेको छ। बिहीबार मन्त्रीपरिषदको बैठक लगत्तै मुख्यमन्त्री सतिश कुमारसहित मन्त्रीको टोली प्रयोगविहीन सरकारी जग्गा तथा भवनको निरीक्षण गरेका हुन्।
मन्त्रालयको प्रशासनिक भवन जीर्ण भएको भन्दै नयाँ भवन निर्माण गर्नका लागि स्थान खोजि गर्न थालेको हो।
टोलीले संघीय सरकारको मातहतमा रहेको जनकपुरधामस्थित प्रयोगविहीन तथा जीर्ण भवनको पनि निरिक्षण गरिएको छ।
त्यसैगरी धनुषाको नक्टाझिझस्थित कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवन निरीक्षण गरेका थिए।