काठमाडौं। कुनै पनि निर्माण कार्यको ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथी हुने निर्मम कार्वाही अन्त्य गर्न गम्भीर ध्यानाकर्षण गराईएको छ। नेपाल ऐन संशोधनमा आवश्यक व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गराएको हो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहज्यू नेतृत्वको एक प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका मुख्य सचेतक माननीय श्री श्यामकुमार घिमिरे र सचेतक माननीय श्री जीवन परियारज्यूलाई भेटी कुनै पनि निर्माण कार्यको ठेक्का तोडिँदा निर्माण व्यवासायी माथी पर्ने विविध समस्याहरू बारे अवगत गराएर कार्वाही अन्त्यको लागि गम्भीर ध्यानाकर्षण गराएको हो।
सधै निर्माण कार्यको ठेक्का तोडिँनमा निर्माण व्यवसायी मात्र दोशी हुन्छन् भन्ने हुदैन। स्थानीयको अवरोध, यातायातको असुविधा जस्ता विभिन्न कारणले गर्दा पनि ठेक्का तोडिँन पुग्छ।