ललितपुर। पाटन दरबार क्षेत्रसँग जोडिएका सडकमा पार्किङ निषेध गरिएको छ। ललितपुर महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै दरबार क्षेत्रसँग जोडिएका पुल्चोक–मंगलबजार–ग्वार्को सडक खण्ड र मंगलबजार–ईटी लगनखेल सडक खण्डमा सवारी पार्किङ निषेध गरेको जानकारी दिएको हो।
महानगरले उक्त सडक खण्डको अधिकांश स्थानमा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ भइरहेको र केही स्थानमा चार पाङ्ग्रे पनि पार्किङ भइरहेकाले अब नपाउने व्यवस्था गरेको उल्लेख गरेको छ।